कालोधन राष्ट्रियकरण गर– सर्वसाधारण

Sunday September 14, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
काठमाडौ, भदौ २९ गते । मुलुकमा गठन भएको अन्तरिम सरकारसँग सर्वसाधारणले भ्रष्टाचार छानबिन गरी कालोधन राष्ट्रियकरण गर्न माग गरेका छन् । आम नेपाली जनाले अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीलाई समयमै निर्वाचन र भ्रष्टाचार अन्त्य तथा सुशासनको प्रत्याभूति दिन समेत आग्रह गरेका छन् ।

दुई दिनको जेनजी आन्दोलनको बलमा कार्की नेतृत्वको सरकारसँग सार्वसाधारणले २०४६ सालपछि भएका सम्पूर्ण भ्रष्टाचारको छानविन गर्नको लागि न्यायिक आयोग गर्न समेत माग गरेका छन् । काठमाडौं बागबजारका नविन थापाले जेनजी आन्दोलनले उठाएको मुख्य मुद्दा भ्रष्टाचार भएको दोहोराउदै कालोधन खोजेर राष्ट्रियकरण गर्न माग गरे । उनले आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पतीमा भएको क्षतिमा संलग्नहरूलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

काठमाडौंका अनिम अमात्यले पनि कालोधनलाई खोजीनिति गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए । उनले जहातही भ्रष्टाचार रहेकोले खोजीनिति गर्न आग्रह गरे । पर्वत घर भई हाल कीर्तिपुर बस्ने नारायण सुवेदीले ५ महिना भित्रमा निर्वाचन हुनेमा नै शंका गरे । उनले देशमा संक्रमणकालिन अवस्था सिर्जना भएकोले फागुन २१ गते निर्वाचन गर्न मुस्किल भएको जिकिर गरे । उनले युवाहरूको माग अनुसार राज्यले निकास पाउनुपर्नेमा जोड दिए ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।