काठमाडौँका सुकुम्बासीको बिल्लीबाठ गरियो : महर

Tuesday April 28, 2026

पढ्न लाग्ने समय :


धनगढी : काठमाडौँका सुकुम्वासी वस्तीहरू हटाउन सरकारले बल प्रयोग गरिएकोमा एमालेले असन्तुष्टि व्यक्त गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सुकुम्वासी वस्तीहरूमा बल प्रयोग गरिएको भन्दै विरोध गरेका हुन्।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महरले भूमि आयोगले काम गर्दै गरेको अवस्थामा काठमाडौँका सुकुम्वासीको बिल्लीबाठ गरिएको बताए। उनले भने, ‘भूमिहीनको व्यवस्थापनको काम २०४८ सालबाट थालिएको हो। क्रमिक रूपमा व्यवस्थापनको काम हुँदै आएका छन। भूमि आयोग छ, काम गर्दै छ। समस्या समाधानका प्रयासहरू हुँदै आएका छन। सुकुम्वासीहरू प्नि नेपाली नागरिक हुन। तर, सरकारले बल प्रयोग गरेको छ। बुढापाका, गर्भवती, सुत्केरीहरुमाथि बल प्रयोग गरिएको छ। उनीहरूको व्यवस्थापनका उपायाहरू ल्याउनुपर्ने हो। तर, सरकार जबरजस्ती गरिरहेको छ। सुकुम्वासीका बिल्लीबाठ गरिएको छ। यो गलत हो।

राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाइको सरकार बिधोंशको बाटोमा लागेको आरोप महरको रहेको छ। सरकार बिधोँश, तोडफोड र प्रतिशोधको बाटोमा लागेको उनले पत्रकार सम्मेलनमा बताएका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।