काँग्रेस महामन्त्री मनु शाहको भावुक घोषणा : पार्टी गतिविधिबाट टाढिने निर्णय

Wednesday April 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु) ले सामाजिक सञ्जालमार्फत फेसबुक मार्फत भावुक अभिव्यक्ति दिँदै पार्टीका औपचारिक तथा अनौपचारिक गतिविधिबाट टाढिने घोषणा गरेका छन् । लामो समयदेखि नेपाली काँग्रेस सँग जोडिएको आफ्नो पारिवारिक विरासत स्मरण गर्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका हुन्।

महामन्त्री शाहले आफ्नो परिवार झन्डै आठ दशकदेखि काँग्रेस राजनीतिमा क्रियाशील रहेको उल्लेख गरेका छन्। उनका हजुरबुबा स्वर्गीय लोकेन्द्र बहादुर शाह पूर्व जिल्ला पार्टी सभापति तथा २०१५ सालका सांसद रहेको, साथै बुबा स्वर्गीय मोहन बहादुर शाह पनि पूर्व जिल्ला सभापति र जिविस प्रमुख रहेको इतिहास रहेको उनले स्मरण गरेका छन्। आफूले पनि दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै हाल प्रदेश कार्यसमितिको महामन्त्रीको रूपमा कार्यरत रहेको बताएका छन्।

तर, उनले पार्टी नेतृत्वले वर्तमान राजनीतिक परिस्थितिमा खेलेको भूमिकाप्रति पूर्ण असन्तुष्टि जनाउँदै यस्तो जटिल अवस्थामा काँग्रेस एकजुट हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। यही कारणले ‘भारी मनले’ अब उपरान्त पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन्

उनले आगामी दिनमा दलगत राजनीतिबाट टाढा रहने संकेत गर्दै पार्टी विभाजनको सम्भावनाप्रति समेत चिन्ता व्यक्त गरेका छन्। यदि पार्टी विभाजनतर्फ अघि बढेमा आफूजस्ता लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति आस्थावान कार्यकर्ताहरूको भावना माथि गम्भीर आघात पुग्ने उनले उल्लेख गरेका छन्।

महामन्त्रीले पार्टीको स्थापित विरासतमा कसैले खेलवाड नगर्न सरोकारवालाहरूसँग आग्रह गर्दै आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्। साथै, आफ्नो निर्णयलाई निर्वाचन परिणामसँग नजोड्न समेत अनुरोध गरेका छन्।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती