काँग्रेस उम्मेदवार बडुवाल डिजिटल प्लेटफर्ममार्फत मतदाताको सुझाव माग्दै

Wednesday February 4, 2026

पढ्न लाग्ने समय :


धनगढीः प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेसका उम्मेदवार भीम बडुवालले मतदातासँग सुझाव सङ्कलन सुरु गरेका छन्। उनले यसका लागि एक डिजिटल प्लेटफर्म सार्वजनिक गर्दै नागरिकका धारणा र सुझाव लिन थालेका हुन्।

कैलाली–३ तथा समग्र क्षेत्रका नागरिकको आवाज नीति निर्माण तहसम्म पु¥याउने उद्देश्यले यो पहल गरिएको बडुवालले बताएका छन्। प्रविधिको प्रयोगमार्फत जनताको मत संसदमा प्रतिध्वनित गराउने आफ्नो लक्ष्य रहेको उनले स्पष्ट पारे।

नागरिकलाई विकास निर्माण र नीति निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा जोड्ने लक्ष्यसहित अभियान सुरु गरिएको जनाउँदै बडूवालले यस क्षेत्रका जनताको आवाज प्रतिनिधिसभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

उनले भोटले सरकार बने पनि समृद्ध समाज निर्माणका लागि नागरिकको सक्रिय सहभागिता र सुझाव अनिवार्य हुने उल्लेख गर्दै दीर्घकालीन विकास, सुशासन र भुइँ तहका आवाजलाई आफ्ना नीति निर्माणको आधार बनाउने बताए।

कैलाली–३ का प्रत्येक नागरिकको आवाज बन्ने दाबी गर्दै बडुवालले देश तथा विदेशबाट समेत सुझावको अपेक्षा गरेको जानकारी दिएका छन्।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार