कर्मचारी ऐन संशोधनको तयारीमा छौं, संसद सचिवालयका कर्मचारीका मागहरु सम्बोधन हुन्छन्ः कानूनमन्त्री चौरसिया

Friday December 13, 2024

पढ्न लाग्ने समय :


कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो । उहाँले संसद सचिवालयका कर्मचारीका माग सम्बोधन हुनेगरी ऐन संशोधनको प्रक्रियामा रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुको कामलाई व्यवस्थित र संवैधानिक तवरले सम्पन्न गर्नको लागि कर्मचारीहरु भूमिका प्रसंशनीय रहेको उहाँले बताउनु भयो । कर्मचारी ऐनमा सर्वोच्चका निर्णय उल्लेख गर्दे विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै ल्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिहरुले गर्ने कामहरुलाई व्यवस्थित र संवैधानिक रुपले व्यवस्थित गर्ने दायित्व र त्यहाँ भएका कमिकमजोरीहरुलाई सुधार गर्दै संसद सचिवालयका पदाधिकारीहरुले ऐन, कानून बनाउनेदेखि लिएर नेपालको संसदीय प्रणालीलाई अझै सशक्त बनाउने कामहरुमा सहयोग गर्दै आइरहनुभएको छ । कर्मचारी ऐन संशोधनको अवस्थामा छ । र त्यसमा संसद सचिवालयका साथिहरुको मागलाई पनि सम्बोधन हुनेगरि ल्याउने जानकारी दिन चाहन्छौं । हामी संविधानलाई अझै व्यवस्थित गर्न ऐन, कानूनमा भएका कमिकमजोरीहरु, सर्वोच्चले आदेशका बेलामा दिएका सुझावहरु, निर्णयहरुलाई कसरी अझै लोकतान्त्रिक मुलुकमा भएका व्यवस्थाहरुको मेल हुनेगरि सबैको सहभागिता र सशक्त रुपले संशोधन गर्नमा यहाँहरुको ठूलो सहयोग छ ।’

विसं २०५८ मा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ । यही अवसरमा शुक्रवार संघीय संसद सचविालयले मुल समारोहको आयोजना गरेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।