कञ्चनपुरमा १ ग्राम ७७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ

Saturday August 8, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरको पुनर्वास नगरपालिका–१०, चकमेली बजार नजिकै हुलाकी सडकखण्डबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो शंका लागि चेकजाँच गर्ने क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–४ चौराह बस्ने ३० वर्षीय मनिष भट्ट, धनगढी–३ बडरा बस्ने ३० वर्षीय हरि भन्ने हरिष खड्का र सोही स्थानका ३० वर्षीय बिरेन्द्र चौधरीलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ १ ग्राम ४१० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। साथै, लागूऔषध सेवन तथा प्रयोगमा प्रयोग हुने सामग्रीसमेत बरामद गरिएको बताइएको छ।

यसैगरी, सोही स्थानबाट प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराह बस्ने २७ वर्षीय नरेन्द्र बहादुर विष्टलाई पनि पक्राउ गरेको छ। उनको साथबाट ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

दुवै घटनामा बरामद पदार्थ खैरो हेरोइनजस्तो देखिए पनि त्यसको आधिकारिक पुष्टि सम्बन्धित परीक्षणपछि हुने प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।