कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Saturday May 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ स्याउले बजारमा शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेश ०२–००१ ख ०५९८ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको युके ०६ ए.एस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

टिप्परको ठक्करले मोटरसाइकल पछाडि सवार सोही ठाउँका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको हो । चालक नरेश लुहार घाइते भएका छन् । उनको बाँया खुट्टामा मध्यम चोट लागेको र उपचारका लागि आफन्तले भारतको खटीमा लगिएको छ ।

दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन घटनास्थलमै रहेका छन् ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका