कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Thursday March 12, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालपुरमा विपरीत दिशाबाट आइरहेका जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक र सवार दुईजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ च १४०५ नम्बरको जिप र पूर्वबाट पश्चिमतर्फ गइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल बेदकोट नगरपालिका, लालपुर चौराहामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले बताए।

प्रहरीले जिप चालक पुनर्वास नगरपालिका–११ का २२ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ। मृतकको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक थापाले बताए।

 


भर्खर

धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून