कञ्चनपुरमा आगलागीबाट पाँच लाखको क्षति

Sunday March 15, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय ४५ वर्षीय कृष्ण खत्रीको घर नजिकै रहेको उनको बाख्राको कच्ची गोठमा शनिवार दिउँसो अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट उक्त गोठ पूर्णरूपमा जलेर नष्ट हुनुका साथै गोठ नजिकै राखिएको मोटरसाइकल एक थान, चम्पा ट्रेक्टर एक थान तथा अन्य सामग्रीहरू समेत जलेर नष्ट भएको छ।

आगलागीबाट अन्दाजी ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।