कञ्चनपुरमा अवैध काठ बरामद

Wednesday May 6, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ स्थित भैरव जनकल्याण सामुदायिक वन क्षेत्रभित्र लुकाई छिपाई राखिएको अवस्थामा अवैध काठ बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले सगुन जातको गोलिया काठ ६ थान (९७० क्युफिट) बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। बरामद काठको अन्दाजी मूल्य रु. ७७ हजार रहेको प्रहरीले जनाएको छ।

उक्त काठ आवश्यक प्रक्रिया पूरा गरी सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय मझगाउँ, कञ्चनपुरको जिम्मा लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश