कञ्चनपुरको भुडामा चोरीका घटना बढ्दै

Thursday July 16, 2026

पढ्न लाग्ने समय :


बेलौरी : पछिल्लो समय भारतसँग खुला सिमा जोडिएको बेलौरी नगरपालिका १० भुडा गाउँमा चोरीका घटना बढ्दै गएका छ्न ।

केहिदिन अघिमात्रै बाराझालाका जितलाल चौधरीको खेतबाट सिसौको रुख र भौराहन चोकको सडकमा लगाइएको सोलार चोरी भएको थियो । त्यस्तै बुधवार राती भुडा चौराह नजिक विनोद टेडर्स र भुन्टु राइस एण्ड फ्लोर मिलमा चोरी भएको छ ।

विनोद टेडर्सको सटरको ताला फुटाएर नगद १ हजार भन्दा बढी,चुरोट,रक्सी,गुट्का चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै भुन्टु राइस मिलबाट ताला फुटाएर खुद्रा पैसा चोरी भएको छ ।

स्थानीयले चोरी गर्ने भारतीय नागरिक भएको आशङ्का गरिरहेका छन । प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको छ ।

केहिदिन अघि खेतबाटै चोरी भएको सिसौ दुई गोलिया भने भारतीयले चोरी गरेको खुलेको छ । भारतीयले चोरी गरि नजिकैको आरामिलमा बेचेका थिए । आरामिलमा काठ बेचेको खुलेपछि पीडितले भने चोरिएको काठको रकम पाइसकेका छ्न । सोलार भने कस्ले चोरेको भन्ने खुलेको छैन ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।