कञ्चनपुरको पुनर्वासमा निःशुल्क स्वास्थ्य उपचार शिविर सुरु

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिकामा निःशुल्क स्वास्थ्य उपचार शिविर सुरु भएको छ।

पुर्नवास नगरपालिका–११ मा बिहिवारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

आधारभूत स्वास्थ्य केन्द्र, पुनर्वासकी अहेव कल्पना थापाले चार दिनसम्म शिविर सञ्चालन हुने बताइन्। शिविरमा मधुमेह, रक्तचाँप जस्ता नसर्ने रोगहरूको परीक्षण तथा उपचार हुने भएको छ। जटिल प्रक्रियाका बिरामीहरूलाई धनगढी रेफर गर्ने जनाइएको छ। सामान्य रोग पत्ता लगाउन र उपचारका लागि नगरपालिकाका सबै वडाहरूमा कार्यक्रम सञ्चालन गरिएको छ। पुनर्वास नगरपालिका–११ मा मात्र चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ। स्थानीय राजेन्द्र क्षेत्रीले शिविरबाट जनताले स्वास्थ्य उपचार सेवा पाएका बताए। आफ्नै वडामा स्वास्थ्य उपचार सेवा पाएको भन्दै उनले खुसी व्यक्ति गरेका छन्।

 


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ