कञ्चनपुरकी पत्रकार कुँवर थुनामुक्त

Tuesday June 30, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात र दुव्र्यवहार गरेपछि पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवर थुुनामुक्त भएकी छन् ।

वडाध्यक्ष देवकोटाले दिएको जाहेरीका आधारमा पक्राउ परेकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा छाडेको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले कुँवर धरौटी बुझाएर छुुटेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले मुुद्दाको सुनवाइ गर्दै कुँवरलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

प्रजिअको आदेशपछि प्रहरीले उनलाई थुनामुुक्त गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले उनी हिरासतमुक्त भएको बताए ।

प्रहरीले कुँवरलाई आठ दिन हिरासतमा राखेर अनुुसन्धान गरेको थियो । पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिन म्याद लिइएको थियो । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष देवकोटालाई महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा रिर्पोटिङ गर्न पुगेकी कुँवरले हातपात गरेकी थिइन् ।

आपसी भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सार्वजनिक भिडियोमा प्रष्ट देखिएको छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो ।

कुुँवरले आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।