एमाले दलको नेता रावल प्रति प्रदेश कमिटी असन्तुष्ट, केन्द्रलाई पत्राचार

Friday March 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : एमाले संसदीय दलको नेता राजेन्द्र सिंह रावल प्रति पार्टीको प्रदेश कमिटी असन्तुष्ट देखिएको छ। दलको नेता रावलले पार्टीको हितमा काम नगरेको भन्दै केन्द्रलाई पत्राचार गरिएको हो।

प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई हालै पत्राचार गरेको अध्यक्ष कृष्णप्रसाद जैशीले बताए। उनले भने, ‘दलको नेता सांसदहरूले हो, फेर्ने। पार्टीले हैन। हामीले काम भएन, दलको नेताले काम गर्नु पर्यो, भनेर पत्र पठाएका हौ। उहाँले काम गर्नु पर्यो।’ एमालेको प्रदेश कमिटीका अध्यक्ष जैशीले दलको नेता परिवर्तनको विषय पत्रमा उल्लेख नगरेको बताएपछि स्रोतले सुदूरपश्चिममा एमालेले दलको नेता फेर्न चाहेको बताएको छ। सोही अनुसार प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई पत्राचार गरेको बताइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले हालै गरेको राजनीतिक नियुक्तीहरूमा एमाले असन्तुष्टि जनाएको बुझिएको छ। राजनीतिक नियुक्तिहरूमा दलको नेता रावलले काम गर्न नसकेको भन्दै पार्टीले उनीमाथि आक्रोश देखाएको हो।

सुदूरपश्चिम सरकारले तीन प्रादेशिक अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गरेको थियो। एक वर्षदेखि समिति विहीन सेती अस्पतालको अध्यक्षमा बलराम भट्ट नियुक्त भए। यस्तै प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको लम्कीचुहा अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट र जोगबुडा अस्पतालको अध्यक्षमा केलसिंह धामी नियुक्त भए। तीनै अस्पतालमा ११ सदस्य पनि नियुक्त गरिएको छ। तीनै जना अध्यक्ष प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस निकट हुन्। सदस्य पनि कांग्रेसकै छन्। खेलकुद र युवा परिषदमा पनि ११ सदस्य नियुक्त भएका छन्।

प्रदेशमा धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारूढ नेकपा एमालेमा भने विवाद बढेको छ। एमाले सुदूरपश्चिमका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एकलौटी रूपमा काँग्रेससँग भागबन्डा गरेको भन्दै एमाले सांसदले असन्तुष्टि देखिएका छन्। रावलले एमालेको भाग लागेका पदमा आफू निकटलाई नियुक्ति गराउने तयारी गरेको चर्चा छ। प्रादेशिक अस्पतालमा पनि एमालेको भागबन्डामा केही सदस्य परेका छैनन। सामाजिक विकासमन्त्री मेघराज खड्काले नियुक्तिका लागि एमालेका दल नेता रावलसँग नाम पनि मागेका थिए। तर, रावलले समय मागेपछि केही सदस्यको नियुक्ति बाँकी राखिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।