एमाले केन्द्रिय कमिटिको बैठकः अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन प्रश्तुत

Sunday January 5, 2025

पढ्न लाग्ने समय :


नेकपा (एमाले)को केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभएको छ ।आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको बैठकको पहिलो दिन प्रधानमन्त्री एवं पाटी अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो । उहाँले अध्यक्ष ओलीले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिक विषय, सरकारले गरेका कामहरु र अगामि दिनहरुमा गर्नुपर्ने कामहरु समावेश गरिएको बताउनु भयो । उहाँकाअनुसार बैठकले विगत दश महिनाको अवधिमा पार्टीको पोलिटब्युरो र केन्द्रिय सचिवालयले गरेका निर्णयहरु समेत अनुमोदन गरेको छ । केन्द्रीय कमिटिमा मोनयन भएका, केन्द्रीय कमिटिबाट विदा भएका र अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरुको अनुमोदन गरिएको उहाँले जानकरी दिनुभयो । अहिले अध्यक्ष ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्नेक्रम जारी रहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी केन्दीय कमिटिको आठौँ पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पार्टीका तर्फबाट एउटा महत्वपूर्ण राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदनपश्चात  १० महिनाको अवधीमा भएका पोलिटब्युरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरु महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो । र ति निर्णयहरु अनुमोदन भइसकेको छ । केन्द्रिय कमिटिमा मोनयन भएका, केन्द्रिय कमिटिबाट विदा भएका, अनुशासनको कारबाहीमा परेका सबै निर्णयहरुको अनुमोदन भएको छ । र पार्टी अध्यक्षले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिक विषयमा विष्लेषण गरिएको, सरकारले गरेको कामहरु र अगामि दिनहरुमा गर्नुपर्ने कामहरुको सन्दर्भमा विषयवस्तुहरु समावेश गरिएका छन् । त्यसका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा राजनीतिक घटनाहरुमा फेरबदल भइरहेको छ त्यसको विषयमा एउटा विष्लेषणात्मक राजनीतिक प्रतिवेदन उहाँले प्रश्तुत गर्नुभएको छ । त्यसलाई संगठनको वडा केद्रित अभियानको रुपमा अगाडि बढाउने गरी कार्यक्रमहरु प्रश्तुत भएका छन् । अब केन्द्रिय सदस्यहरुलाई त्यो प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम शुरु हुन्छ ।’    

उहाँले जारी बैठकले देशभर संगठन बिस्तार गर्ने लगायतका निर्णय गर्ने  बतउनु भयो ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै