एमालेसँग विद्रोहको औचित्य सावित भएको एकीकृत समाजवादीको ठहर

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो । पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम तथा त्यसमा पार्टीको भूमिकाबारे पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको वैचारिक दृष्टिकोणमा केन्द्रित बैठकमा ४९ नेताले धारणा राखेका थिए  ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आसन्न केन्द्रीय कमिटी बैठक र महाधिवेशनका तयारीबारे विशेष छलफल गरिएको बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति निर्माणका कार्ययोजनामा छलफल गरिएको थियो ।

देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र हाम्रो कार्यभार, राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल गरिएको थियो । पार्टीले यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्नेछ ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको