एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बालेनको पुत्ला जलायो

Friday February 20, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौँमा मसाल जुलुस निकालेको छ। अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो।

संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्‍भावमा प्रत्यक्ष आघात पु¥याएको भन्दै झन्डा जलाएकोप्रति आपत्ति जनाएको हो।

एमालेले आफ्नो पार्टीको झन्डा जलाएको आरोप रास्वपाको नेता कार्यकर्तालाई लगाएको छ। रास्वपाले यसको खण्डन गर्दै झन्डा जलाउने घटनामा पार्टीका नेता कार्यकर्ता संलग्न नरहेको बताइसकेको छ।

संगठनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ। मसाल जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्लासमेत जलाइएको छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका