एनपिएलः विराटनगरको पहिलो जित, लुम्बिनीको पहिलो हार

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


लोकेश बमको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सले पहिलो जित दर्ज गरेको छ । जितको लागि १९२ रनको विशाल विजय लक्ष्य पछ्याएको विराटनगरले एक बल अगाडि ८ विकेटको नोक्शानीमा रोमाञ्चक शैलीमा पूरा ग¥यो । ओपनर इस्मत अलाम रनको खाता नखोली आउट भए । दोस्रो चिकेटको लागि मार्टिन गपटिल र लोकेश बमले ६२ रनको साझेदारी गरे । मार्टिन २८ रन जोडेर आउट भए । बसिर अहमदले ४० रन बनाए । लोकेश भने क्रिजमा जमे । उनले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनको इनिङसले विराटनगरलाई जिततर्फ डो¥याउन मद्दत पुग्यो । उनले ४७ बलको सामना गर्दै ३ चौका र ६ छक्कासहित ७१ रनको पारी खेले । लोकश आउट हुँदा विराटनगरले ६ विकेटको नोक्शानीमा १६३ रन बनाएको थियो । लगत्तै प्रतिश जिसी ६ रनमा आउट हुँदा विराटनगर दबाबमा आएको थियो । अन्तिम ६ बलमा जितको लागि १६ रन जरुरी थियो । यो ओभरमा पहिलो दुई बल विवेक यादवले वाइड फालेपछि पहिलो बलमा सन्दीप लामिछाने आउट भए । तर यसपछि क्रिस सोलले एक छक्का र दुई चौका प्रहार गर्दै नाटकीय शैलीमा विराटनगरलाई २ विकटको जित दिलाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको विशाल योगफल बनायो । जारी एनपिएलमा कुनैपनि टिमले बनाएको यो उच्च स्कोर हो । ओपनर आशुतोष घिरोहिया १५ र अर्जुन साउद १७ रनमा आउट भए ।  यसपछि कप्तान रोहित पौडेल र टम मोरेजले आक्रामाक ब्याटिङ गरे । यी दुईले तेस्रो विकेटको लागि ६७ रनको साझेदारी गरे । रोहित अर्धशतकबाट मात्र चार रनले चुके । ठूलो सट खेल्ने क्रममा उनी आउट भए । उनले २९ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले ४६ रन जोडे । टम ३० रनमा आउट भए । साद बिन जाफरले १५ र सन्दीप जोराले १२ रन बनाउँदै पबिलियन फर्किए । आठौं क्रमका ब्याटर विवेक यादवले विस्फोटक ब्याटिङ गरे । ७ बलको सामना गर्दै ३ छक्कासहित अविजित १९ रन बनाए । लुम्बिनीका चार खेलाडी रन आउट भए । विराटनगरले २९ रन एक्स्ट्रा दिएको थियो । बलिङमा सन्दीप लामिछाने, ईस्मात अलाम र राजेश पुलामीले एक–एक विकेट लिए । जारी प्रतियोगितामा सन्दीपले लिएको यो पहिलो विकेट हो । तीन खेलमा पहिलो जित निकालेको विराटनगरलाई पहिलो जितले राहत मिलेको छ । लुम्बिनी भने पहिलो खेलमा पराजित भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि