एनएसजेएफ अग्रज पत्रकारिता पुरस्कारबाट भण्डारी र युवाबाट सापकोटा सम्मानित

Monday February 10, 2025

पढ्न लाग्ने समय :


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले यस वर्षको एनएसजेएफ अग्रज पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटालाई सम्मान गरेको छ । मञ्चले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई सम्मान गरेको हो । भण्डारी मेरो खेल डटकमका सम्पादक हुन् । सापकोटा भने कान्तिपुर टेलिभिजनमा कार्यरत छन् । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका  साथ विगत १० वर्षदेखि यो अवार्ड आयोजना गर्दै आएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, वागमती प्रदेश खेलकुद परिषदका सदस्य रवि महर्जन, एनएसजेएफका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारी र महासचिव प्रज्वल ओलीले वरिष्ठ पत्रकार भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सुदूरपश्चिमको डडेलधुरामा जन्मिएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् । २०४४ सालमा हुवाहुरीका कारण दशरथ रंगशालामा ९० जनाभन्दा बढी मानिसको ज्यान गएको समयमा रिपोर्टिङ गर्दै भण्डारीले आफ्नो करियर शुरु गरेका थिए । खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई भने ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरे । सापकोटा पछिल्ला ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन् । सम्मान कार्यक्रममा भण्डारीले तीन दशकअगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउँदा धेरै खुशी लागेको बताए । अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न गतिविधिहरूमार्पmत मन्च नयाँ उचाईमा पुग्दा आफूलाई धेरै खुशी लागेको उनले प्रतिक्रिया दिए ।

युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले एनएसजेएफद्वारा प्रदान गरिँदै आएको यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र आज यो प्राप्त गर्दा खेलकुद पत्रकारितामा प्रोत्साहन मिलेको धारणाा राखे । युवा तथा खेलकुदमन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भइरहेको बताए । उनले समयमा नै खेल आयोजना गर्न हरेक दिन काम भैरहेको दाबी गरेका छन् ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भुमिका विशेष रहेको उल्लेख गर्दै आज खेलकुद पत्रकार सम्मानित भइरहँदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महशुस गरेको बताए । खेलाडी, खेलकुद पत्रकार र नेपाली खेलकुदको नियमन निकायहरू सबै एउटै उद्देश्य खेलकुद विकासका लागि काम गर्दै आएकाले यसै क्षेत्रमा काम गर्ने सदस्य सम्मानित हुँदा समग्री खेलकुद नै सम्मानित भएको महशुस भइरहेको बताए ।

एनएसजेएफका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले सम्मानित भएका अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई बधाई दिँदै खेलकुद पत्रकारिताको व्यावसायिक स्तरोन्नतीका लागि गरिने विभिन्न किसिमको प्रशिक्षण कार्यक्रम सहयोग गरिदिन आग्रह गरे । मञ्चका महासचिव ओलीले यस अवार्डका वर्षभर मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रमबारे प्रकाश पार्दै राष्ट्रिय खेलकुद परिषद्मा एक समूहले गरेको तोडफोड घटनाबारे पनि निन्दा पनि गरेका थिए ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि