उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकतावद्ध हुन माओवादी केन्द्रको निर्देशन

Monday November 11, 2024

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ । सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भया । उहाँले उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय भएको बताउनु भयो । उहाँले मंसिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरुलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन एकतावद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हाँसिल गर्न योजनावद्ध कार्यक्रम बनाएका छौँ । 
मंसिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कार्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ । अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने ।
पुसको २ गते केन्द्रिय समितिको बैठक बस्ने ।’

प्रवक्ता सापकोटाले वर्तमान सरकार जनहित विपरित कार्यमा अघि बढिरहेको आरोप लगाउनु भयो । पदाधिकारी बैठकले पुस २ गते केन्द्रिय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत