इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


प्रान्तीय विपद् न्युनिकरण एजेन्सीकाअनुसार मंगलवार इण्डोनेसियाको मध्य जाभा प्रान्तको पेकालोङ्गान क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । सेन्ट्रल जाभा प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख बर्गास कातुर्सासी पेनाङगुङ्गनले पेटुङक्रियोनो गाउँमा भएको पहिरोमा नौ जनाभन्दा बढी अझै बेपत्ता रहेको बताउनु भयो ।

पहिरोले १० जनालाई गम्भीर घाइते बनाएको, दुई घरलाई आंशिक रूपमा क्षति पु¥याएको र धेरै सवारी साधनहरू बगाएको बताएका छन् । पेकालोङ्गानमा सोमवार भएको भारी वर्षाका कारण बाढी र पहिरो गएको हो । बेपत्ताहरुको खोजी अझै जारी छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ