आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह

Saturday July 18, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज राति देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।

भोलि आइतबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।

सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अप्नाउन समेत महाशाखाले आग्रह गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।