आइतवारसम्म हावाहुरीसहित वर्षा हुने

Friday March 20, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : शनिवार र आइतवार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको हो।

तीन दिनको बुलेटिन अनुसार अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा हिमपात भएको छ।

शुक्रवार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ, असिना हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ।

शनिबार देशको अधिकांश भागमा बादल लाग्ने छ। शनिवार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ एवम् हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

आइतवार देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ। देशको पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।