अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको होः शेखर कोईराला

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताउनुभएको छ । आईतवार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताउनुभएको हो । उहाँले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताउनु भयो । नेता कोईरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता काँग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ । अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ, यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेर ? तर नेपालको इतिहास हेर्नुभयो भने ०४६ सालको जनआन्दोलनपछि किसुनजी प्राइममिनिस्टर हुनुभयो । त्यसमा एमालेका साथीहरु पनि हुनुहुन्थ्यो । त्यसपछि पनि ०५६ को आम निर्वाचन हुनुभन्दा पहिला नेपाली काँग्रेसको गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुभयो । नेपाली काँग्रेस र एमाले मिलेर हामीले चुनाव पनि गराएका थियौँ । अहिले जसरी सरकार दुई, दुई महिना, तीन, तीन महिनामा परिवर्तन भइरहेको देखिरहनुभएको छ । तपाईंहरुलाई दिक्क लागिसकेको थियो । राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली काँग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो । केका लागि राजनीतिक स्थायित्व भन्दा पटक पटक सरकार बदलिने र यसले विकासका कामहरु भइरहेको छैन । सुशासनका कुराहरु पनि भइरहेका छैनन् । भ्रष्टाचारका कुराहरु पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन । सँगसँगै संविधानमा केही सुधारहरु ल्याउनुपर्छ भन्ने कुराहरु नेपाली काँग्रेस र एमालेमा भयो । त्यही तहत हामी सरकारमा गएको । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ । अहिले एमालेको नेतृत्वमा छ, अब डेढ वर्ष बाँकी छ । डेढ वर्षपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार आउँछ । चुनावमा हामी होमिन्छौँ । यो हप्तादेखि नेपाली काँग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली काँग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’

नेता कोईरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताउनु भयो । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने बताउनु भयो । देश अराजकतातिर जान नदिन सबै गम्भीर रहेको बताउनु भयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत