अरुलाई घोचपेच गरेर खुशी हुने र त्यसैमा गर्व गर्ने प्रवृत्ति बढ्योः खिलराज रेग्मी

Monday March 3, 2025

पढ्न लाग्ने समय :


मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति सुधार गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अरुलाई घोचपेच गरेर खुशी हुने प्रवृत्ति बढेको बताउनु भयो । उहाँले मानवता, नैतिक शिक्षा जस्ता विषयमा पठनपाठन गराउन छोडिएको भन्दै मानवीय शत्चरित्र र आदर्शका गुण हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज सदाचार, नैतिकता र सदाचार जस्ता मानवीय सद्चरित्र जस्ता आदर्शका गुणहरु समाजमा ह्रासोन्मुख छन् । मानवता, नैतिकता र सद्चरित्र जस्ता विषयको सिकाई र शिक्षाबारे राम्रो गहन अध्ययन गराउनै छोडियो । मानिसमा आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ । अनुशासन, विनयशिलता र वाणिमा शालीनता हराउँदै गएको छ । अहंकार, दम्भ र को भन्दा को कम भन्ने भावना बढेको पाइन्छ । अरुलाई घोचपेज गरेर खुशी हुने र त्यसैमा गर्व गर्ने प्रवृत्ति बढेको छ । त्यसैले व्यक्ति समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति नै सुधारको आवश्यकता छ भन्ने मलाई लाग्दछ ।’

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई सर्वोदय सेवा संघले भैरव सदाचार राष्ट्रिय पुरस्कार २०८१ समर्पण गरेको थियो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत