अमेरिकामा फुटबल खेलमा गोली हानाहान, चार जना घाइते

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


न्युयोर्क । अमेरिकामा गोली हानाहानका घटना रोकिने नाम लिइरहेका छैनन् । पछिल्लो घटना ओक्लाहोमा हाई स्कूलको हो, जहाँ एक फुटबल खेलमा चार जनालाई गोली हानिएको थियो।

न्यूयोर्क पोस्टका अनुसार घटना स्थानीय समय अनुसार राति करिब १०: ३० बजे भएको थियो, जब चोक्टो हाई स्कूल र डेल सिटी हाई स्कूलबीच खेल चलिरहेको थियो ।

कटौ प्रहरी प्रमुख केली मार्शलले घटनाका सम्बन्धमा शुक्रबार राति भएको गोली हानाहानमा चारजना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताए । प्रहरीका अनुसार घाइतेमध्ये एक विद्यार्थी रहेका छन् । मार्सलका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ जबकी एकजना घाइते खतरामुक्त छन् ।

डेल सिटीका प्रहरी प्रमुख लोयड बर्गरले पत्रकारहरूसँगको कुराकानीमा भने,  ‘मलाई थाहा छ हाम्रा एक अधिकारी यसमा संलग्न छन्, जसको अनुसन्धान भइरहेको छ ।”

यससँगै उनले भने, ‘जहाँसम्म मलाई थाहा छैन उनी को हुन् ? हिर्काए वा के गरे ? उनले घटनापछि संदिग्ध घटनास्थलबाट फरार रहेको र अझै नियन्त्रणमा नआएको बताए । तर, उनीहरूको खोजी जारी छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका