अध्यादेश अस्वीकार गर्नेहरुको तर्फबाट सामुहिक प्रश्ताव पेश हुनेः हरेकलाई तीन÷तीन मिनेटको समय दिइने

Wednesday February 5, 2025

पढ्न लाग्ने समय :


प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रश्ताव पेश गर्ने कार्यसूचि तय भएको छ । अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रश्तावक बनेर अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने र प्रश्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताउनु भयो ।

सभामुखसँगको छलफलपछि बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन÷तीन मिनेटको समय छुट्याइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भोलिको संसदको बैठकमा पेश गर्ने कार्यसूचिका बारेमा छलफल भयो । सर्वसम्मतिले ति विषयह तय भएको छ । अध्यादेश प्रश्तुत गर्नेकुरा, अध्यादेश अस्वीकार गर्ने सांसदहरुको सामुहिक रुपमा परेको प्रश्तावमा एक जनाले प्रश्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने र तीन÷तीन मिनेट मान्यज्युहरुले राख्ने, भोटिङ सामुहिक रुपमा जुनजुन प्रश्तुतकर्ता सांसदज्युहरु हुनुहुन्छ, सामुहिक भोटिङ हुन्छ ।’

संसदको बैठमा सम्बन्धित मन्त्रीहरुले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताउनु भयो । उहाँले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिनुभयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत