अध्यादेशलाई अस्वीकार गर्छौं, जनताका आवाज उठाउँछौँः माओवादी केन्द्र

Thursday January 30, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) ले शुक्रवार शुरु हुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटो भन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि र प्रक्रिया नमिलेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । उहाँले सरकारले ल्याएको ६ वटा अध्यादेश प्रक्रियागत हिसावमा नै बैठिक रहेको बताउनु भयो । मूल्यवृद्धि बढेको र सरकार बन्दा भनेका कुराहरु लागू गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ ।
उहाँले भन्नुभयो, ‘संसदको हिउँदे अधिवेशनलाई व्यवस्थित, प्रभावकारी कसरी बनाउने र हाम्रो दल अहिले प्रमुख प्रतिपक्ष दल भएकाले दुई वटा जिम्मेवारी छन् । हाम्रो दुई वटा जिम्मेवारी छ । आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज उठाउने ? अन्य विपक्षी दललाई लिएर हाम्रा मत एकता हुनसक्ने विषयमा सामुहिक रुपमा आवाजलाई घनिभुत ढंगले बुलन्द गर्ने र यि दुवै जिम्मेवारी व्यवस्थित गर्न लामो छलफल भएको छ ।’

माओवादी केन्द्रले जनजीविकाका कुराहरु उठाएर सशक्त रुपमा सदनमा प्रश्तुत हुने निर्णय भएको बताउनु भयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका