अझै जलिरहेका छन सरकारी कार्यालय

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

जेनजीको उग्र र हिंसात्मक आन्दोलनका क्रममा मंगलबार दिउँसो आगो लगाइएका सरकारी कार्यालयहरु बुधबारसम्म पनि जलिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश राजधानी धनगढीस्थित मुख्यमन्त्रीको कार्यालय र अन्य मन्त्रालय तथा अधिकांस सरकारी कार्यालयहरु अझै पनि जलिरहेका छन । अहिलेसम्म आगो निभाउन कुनै पहल भएको पाइएको छैन ।

आगो लगाइएका सरकारी कार्यालयहरुमा आगोले जलाउन नसकेका सामानहरु लुटपाट र चोरी भइरहेको छ । आगो लगाइएका सरकारी कार्यालयहरु कहि पनि सुरक्षाकर्मी देखिएका छन् ।

मंगलबार धनगढीमा मुख्यमन्त्री कार्यालय, ६ वटा मन्त्रालय, प्रदेश सभा भवन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन, जिल्ला अदालत, यातायात ब्यबस्था कार्यालय, कैलाली भन्सार कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, बन कार्यालय लगायत सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरिएको थियो । त्यस्तै, सबै राजनीतिक दलका प्रदेश र जिल्ला कार्यालयहरुमा पनि आगजनी र तोडफोड भएको थियो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका