अछाम-२ मा एमालेका उम्मेदवार बोगटी विजयी

Monday March 9, 2026

पढ्न लाग्ने समय :


अछाम:  प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नं २ मा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन। बोगटीले नेपाली काँग्रेसका उम्मेदवार तथा पार्टी जिल्ला सभापति पुष्पबहादुर शाहलाई ६७१ मतान्तरले पराजित गरेका हुन।

खसेको सदर मत मध्येमा मतमा बोगटीले ९५१८ मत प्राप्त गर्नुभएको छ भने शाहले ९०४६ मत प्राप्त गरे। यस्तै नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६४९३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४५६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शेरबहादुर विकले ५५८ मत प्राप्त गरे।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मिन बहादुर शाहीले १६७ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपानेले ११३ मत, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाहीले ६० मत प्राप्त गरे। उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गराएका राजेश रावलले मतदान अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेर प्रवेश गरेपनि उनलाई ५२ मत प्राप्त भएकाे हाे। अछाम क्षेत्र नं २ मा ३२ हजार ४०८ मत खसेको थियो।

२०७९ को प्रतिनिधिसभा सदस्यमा बोगटीलाई छ हजार ८४० मतान्तरले शाह विजयी भएका थियो भने २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बोगटीले दुई हजार ८५९ मतले शाहलाई पराजित गरे । बोगटी र शाहको यो तेस्रो पटकको प्रतिष्पर्धा हो।

शाह नेपाली काँग्रेस अछामको सभापति तथा निवर्तमान प्रतिनिधिसभा सदस्य हुन। बोगटी एमालेको केन्द्रिय सदस्य हुन।

अछाम क्षेत्र नं १ मा भने नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावललाई पराजित गरेर नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वार विजयी भए।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा