अछाममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Thursday January 15, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

अछामः अछाममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–७ मा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।

बुधवार साँझ मेल्लेख गाउँपालिका–७ स्थित जुम्ला खोला क्षेत्रमा नन्देगडाबाट बिन्देबासिनी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३–००१ प ०६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बिन्देबासिनीका ४२ वर्षीय उज्जल बहादुर बोहराको मृत्यु भएको हो। उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलको पछाडि सवार मेल्लेख गाउँपालिका–७ नन्देगडाका ३५ वर्षीय डम्बर साउँदको अनुहार र ढाडमा चोट लागेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार