अछाममा बेहोस भएका पत्रकार सिटौलाको निधन

Sunday February 1, 2026

पढ्न लाग्ने समय :


धनगढीः रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै अछाम पुगेका बेला अचानक बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अस्पतालले विज्ञप्ति जारी गर्दै आइतबार सिटौलाको निधन भएको जनाएको छ।

गत शुक्रवार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएका सिटौलालाई सुरुमा जिल्ला अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंको ग्रान्डी अस्पतालमा पु¥याइएको थियो।

शुक्रबार बिहान ९ बजे सदरमुकाम मंगलसेनको बीचबजारस्थित पार्टी कार्यालयमा बालेन पुग्ने तय थियो। त्यसैले रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरू त्यहाँ जम्मा भइरहेका थिए। तर बालेनको टोली भने पार्टी कार्यालय कटेर सोझै जिल्ला अस्पतालतर्फ मोडियो। किनकि भ्रमण टोलीमा रहेका सिटौला शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा अचानक अचेत भएको भन्दै उनलाई जिल्ला अस्पताल अछाम पु¥याइएको थियो।

काठमाडौंको टोखा निवासी सिटौला बालेनको टोली सदस्यका रूपमा अछाम पुगेका थिए। काठमाडौंस्थित ग्रान्डी अस्पतालमा पु¥याएपछि उनको उपचार सघन उपचार कक्ष (आईसीयू) मा राखेर सुरु भएको थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भएको छ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश