अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

Monday February 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ।

योजना कार्यान्वयनका क्रममा १० प्रतिशत रकम कमिसन माग्ने गरेको भन्दै ढकारी गाउँपालिकाले सडक मर्मतसम्भारका लागि स्वीकृत बजेट फिर्ता गरेको हो।

ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले सडक बोर्ड नेपाललाई पठाइएको पत्रमा आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत १० लाख ८० हजार बजेट कार्यान्वयन गर्न नसकिएको जानकारी गराइएका हुन्।

बोर्डमार्फत योजना कार्यान्वयन गर्दा भुक्तानी प्रक्रियामा १० प्रतिशत कमिसन मागिने अवस्था सिर्जना भएकाले बजेट स्वीकार गर्न नसकिएको उल्लेख गरिएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले कुनै पनि किसिमको अनौपचारिक वा गैरकानुनी रकम दिन नसकिने भएकाले पत्र लेखेको बताएका छन्। कमिशन माग्ने प्रवृत्तिका कारण स्वीकृत बजेटसमेत कार्यान्वयन गर्न नसकिएको अध्यक्ष साउँदले बताए। सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले भने सडक बोर्ड नेपालले मुलुकभरका ७५३ वटै स्थानीय तहमा काम गरिरहेको बताए। उनले अन्य पालिकाका बोर्डले राम्रो काम गर्ने तर, अछामको ढकारीमा मात्रै कमिसन माग्ने पत्र लेखिएको प्रति बोर्डको ध्यानाकर्षण भएको बताए। उनले कमिसन मागिएको विषयमा प्रमाण पेश गर्न पालिकालाई लेखी पठाइएको बताए। पालिकाले लगाएको आरोप प्रमाणित भए संलग्नमाथि आवश्यक कानुनी कारबाही गर्ने उनले बताएका छन्।

 


भर्खर

कैलालीमा बोइलर कुखुराको मासु खाएका २ जनाको मृत्यु

धनगढीः कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ