अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजान्छौँः सभापति खतिवडा

Monday November 11, 2024

पढ्न लाग्ने समय :


राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । उहाँले बैठकमा विधेयकका बारेमा धेरै राम्रो छलफल भएको बताउनु भयो । प्रदेशमा अख्तियार के गर्ने ? बेनामे के गर्ने ? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने ? भन्नेबारेमा समिति स्पष्ट हुनुपर्ने जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज फ्रुटफुल छलफल भएको छ । अख्तियारका बारेमा आएका विधेयकको बारेमा हामीले रिटायर्डपछि लैजाने÷नलैजाने एउटा छ । उपसमितिलाई पनि क्राइटएरिया भित्र पर्छ जस्तो लाग्छ । प्रदेशमा अख्तियार के गर्ने ? बेनामे के गर्ने ? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने ? यसमा स्पष्ट हुनुपर्ने जरुरी छ । निजी क्षेत्रमा प्रवेशको कुरालाई हामीले एउटा टुंगोमा पु¥याइसकेका छौँ । अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेका छौँ । एक पटक संशोधनकर्ता मान्य सदस्यहरुसँग अन्तिम पटक बसेर हामी यसलाई छिटो भन्दा छिटो यो विधेयक हामी संसदमा लैजाने प्रयासमा छौँ ।’
उहाँले अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेको बताउनु भयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत