सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

Friday August 14, 2026

पढ्न लाग्ने समय :


सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्नुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता गठबन्धनको सहमतिअनुसार एमालेबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरिएको हो।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार नै प्रदेश प्रमुख नजिर मियाँसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको छ। त्यस्तै, एमाले संसदीय दलका प्रमुख सचेतक चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री र सांसद दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ।

एमालेकी सांसद जानकी ऐर बमलाई आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

सपथ ग्रहणपछि नवनियुक्त सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले तत्काल धेरै कुरा गर्नेभन्दा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री खगराज भट्टले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता गठबन्धनको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।

गठबन्धनको अर्को साझेदार नेपाली कम्युनिस्ट पार्टीबाट भने शुक्रबार मन्त्री नियुक्त गरिएको छैन। नेकपाबाट मन्त्री नियुक्ति हुन बाँकी रहेकाले आगामी दिनमा मन्त्रिपरिषद् थप विस्तार हुने सम्भावना छ।

नयाँ सरकारसामु प्रदेशको विकास, सुशासन र जनतामा प्रदेश सरकारको उपस्थितिको अनुभूति गराउने चुनौती छ। मुख्यमन्त्री भट्टले प्रदेश सरकारको कामबाटै संघीयता र प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने बताउँदै आउनुभएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।