राष्ट्रियसभा बैठक आज बस्दै, तीन महत्वपूर्ण विधेयक कार्यसूचीमा

Wednesday August 12, 2026

पढ्न लाग्ने समय :


संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे संघीय संसद भवन सिंहदरबारमा बस्नेछ।

आजको बैठकमा विभिन्न विधेयकसँग सम्बन्धित विषयलाई कार्यसूचीमा राखिएको छ।

बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक–२०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक–२०८३’ सभासमक्ष प्रस्तुत गर्नेछन्।

त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभासमक्ष प्रस्तुत गर्ने तयारी छ।

बैठकमा यी विधेयकसँग सम्बन्धित छलफल तथा प्रक्रियागत काम अघि बढाइनेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।