कैलालीमा अनटेस्ट मोटरसाइकल दुर्घटना, चालक घाइते
पढ्न लाग्ने समय :
कैलालीमा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–२ स्थित मोतिपुर चोकमा गएराति मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो।
दुर्घटनामा लम्कीचुहा नगरपालिका–४ निवासी दिलीप विक घाइते भएका छन्। दुर्घटनामा घाइते विकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।