कैलाली–कञ्चनपुरमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : खैरो हेरोइनसहित ८ जना पक्राउ

Sunday August 2, 2026

पढ्न लाग्ने समय :


कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना १८ वर्षीय किशोर रहेका छन्।

प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–९ सेहरीस्थित भित्री सडकबाट २ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद रु. ३५ हजार ३०० सहित गोदावरी–८ ‘झ’ गाउँ निवासी ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दीपक चौधरीलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट १७१ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३० वर्षीय सञ्जय राना शनिबार साँझ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला पारेको थियो।

त्यसैगरी, टिकापुर नगरपालिका–९ खक्रौलाबाट ३ ग्राम ३५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित बर्दियाको राजापुर नगरपालिका–५ पाहाडीपुरका १८ वर्षीय दुई किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उता, टिकापुर नगरपालिका–९ खक्रौला स्थित सत्ती भन्सार कार्यालय नजिकबाट ६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टिकापुर–१ ब्लक नं. १० निवासी ३१ वर्षीय हिमाल रावल र लम्कीचुहा नगरपालिका–३ निवासी ४० वर्षीय राकेश गुरुङलाई शनिबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ पशुपति टोलबाट ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका १८ वर्षीय एक किशोर शनिबार राति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद गरेको जनाएको छ।

प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।