कञ्चनपुरमा जुवातास खेल्दै गरेका ८ जना पक्राउ, साढे एक लाखभन्दा बढी नगद बरामद
पढ्न लाग्ने समय :
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ निवासी ४० वर्षीय सुरेश चन्दसहित ८ जना रहेका छन्। उनीहरूलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूको साथबाट नगद रु. १ लाख ६१ हजार ९४० र चार गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।