धनगढीमा मोटरसाइकल दुर्घटना : एक महिलाको मृत्यु, चालक घाइते

Sunday August 2, 2026

पढ्न लाग्ने समय :


कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित सेतोपुल क्षेत्रमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चालक  घाइते भएका छन्।

प्रहरीका अनुसार से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार धनगढी उपमहानगरपालिका–६ निवासी २८ वर्षीया सम्झना चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ निवासी ३६ वर्षीय बिनोद चौधरी पनि गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित कैलाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।