राष्ट्रपति पौडेलद्वारा तराई–मधेसको विषम परिस्थितिबारे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

Saturday August 1, 2026

पढ्न लाग्ने समय :


राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत तराई–मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका विषयमा प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलका क्रममा वर्तमान परिस्थितिलाई संवाद, संयम र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिइएको थियो।

भेटमा प्रथम राष्ट्रपति रामवरण यादवले सरकारले वर्तमान विषम परिस्थितिको समाधानका लागि सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई साथमा लिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। उनले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सरकारको नेतृत्वदायी भूमिका प्रभावकारी हुनुपर्ने पनि बताएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार मुलुकमा शान्ति, सद्भाव र सामाजिक एकतालाई सुदृढ बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।