भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

Tuesday July 28, 2026

पढ्न लाग्ने समय :


बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ। उच्च पहाडी क्षेत्रमा उत्पादन हुने केही जातका स्याउ पाकिसकेका छन् भने अन्य जातका स्याउ पनि भदौको पहिलो सातासम्म पाक्ने किसानहरूले बताएका छन्।

जिल्लाको बुढीनन्दा नगरपालिकाको पाण्डुसैन, स्वामिकार्तिक खापर गाउँपालिकाका जुकोट र साप्पाटा तथा जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र स्याउ उत्पादनका प्रमुख केन्द्रका रूपमा परिचित छन्।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार उच्च पहाडी क्षेत्रमा उत्पादन हुने केही जातका स्याउ अहिले नै टिप्न मिल्ने अवस्थामा पुगेका छन्। यस वर्ष मौसम अनुकूल रहेकाले गत वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ।

उच्च हिमाली क्षेत्रमा न्यून विषादी प्रयोग गरी प्राकृतिक वातावरणमा उत्पादन हुने भएकाले बाजुराको स्याउ स्वादिलो, गुणस्तरीय तथा अग्र्यानिक उत्पादनका रूपमा परिचित छ। यही कारणले बजारमा पनि यसको माग उच्च रहने अपेक्षा गरिएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। बाजुरामा वार्षिक करिब एक हजार मेट्रिकटन स्याउ उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।