कैलालीमा बन्दुकसहित एक जना पक्राउ
पढ्न लाग्ने समय :
कैलाली: कैलालीमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका–८, बठेपुरस्थित शिवशक्ति सामुदायिक वनको जंगलमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक बरामद गरेको हो।
प्रहरीले सोही क्रममा गौरीगंगा नगरपालिका–८, देउराली टोलका २९ वर्षीय पदम दर्लामी मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट १ नाले भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको भरुवा बन्दुक तथा पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।