शुक्लाफाँटामा च्याउ खोज्दा खोज्दै हराएका १४ महिला २४ घण्टापछि सकुशल फर्किए

Monday July 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा च्याउ खोज्दा खोज्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका १४ महिला सकुशल घर पुगेका छन् ।

उनीहरु सोमबार दिउँसो सवा १२ बजेतिर आफै सकुशल घर पुगेको भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले जानकारी दिए ।

उनकाअनुसार उनीहरु निकुञ्ज भित्र प्रवेश गरेपछि बाटो थाहा नपाएर हराएका थिए । तर सोमबार भने आफै घर पुगेको वडाध्यक्ष चौधरीले बताए । उनीहरु आइतबार बिहान घरबाट च्याउ खोज्न जंगल गएका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका थिए ।

उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिंडेका थिए । सम्पर्कविहीन भएकाहरूको आइतबार राति ९ बजेदेखि नै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको थियो । अहिले उनीहरुलाई भेट्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहितको टोली बागफाँटा पुगेको छ ।

च्याउ खोज्नकै लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र गएर सम्पर्कविहीन भएका बेलडाँडीका तीन महिलाको पनि सकुशल उद्दार गरिएको छ ।
बेलडाँडी गाउँपालिका–३ को चउन्नीका तीन महिलाको नेपाली सेनाको टोलीले निकुञ्ज क्षेत्रमा सकुशल फेला पारेर उद्दार गरेको हो । सेनाले च्याउ खोज्न निकुञ्ज गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरीको सकुशल उद्दार गरेको हो ।

उनीहरु पनि आइतबार च्याउ खोज्न निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेका बेला हराएका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।