सुर्खेतबाट कर्णाली नदीमा बगेका भण्डारीको शव कैलालीमा फेला

Monday July 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : कर्णाली नदीमा बेपत्ता भएका बाजुराको त्रिवेणी नगरपालिका–३ पुभुतीका रामबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्।

रामबहादुर असार ३१ गते सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ स्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। त्यसयता नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा निरन्तर खोजी कार्य सञ्चालन गरिएको थियो। कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ नजिक कर्णाली नदीमा एक पुरुषको शव फेला परेपछि सनाखत गर्ने क्रममा उक्त शव रामबहादुर भण्डारीकै रहेको पुष्टि भएको हो।

जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको टोलीले शव नदीबाट निकालेर नेपाल प्रहरीको जिम्मा लगाएको थियो। शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।