कैलालीमा एक वर्षमा तीन हजार एक सय पाँच मुद्‍दा फर्छ्यौट

Saturday July 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलाली जिल्ला अदालतले एक वर्षमा तीन हजार १०५ (६६.९३ प्रतिशत) वटा मुद्दा फर्छ्यौट गरेको छ ।
अदालतले आज पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०८२/८३ मा सो सङ्ख्यामा मुद्दा फर्छ्यौट गरेको जनाएको हो । लक्ष्य भने हासिल गर्न नसकेको जनाइएको छ । अदालतले वर्षभरीमा तीन हजार १८२ मुद्‍दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो ।

जिम्मेवारी सरेकोबाट एक हजार ४७ नयाँ दर्ता भएकोबाट दुई हजार ५८ वटा मुद्दा फर्छ्यौट भएको अदालतका स्रेस्तेदार जनकराज पन्तले जानकारी दिए । अदालतमा जिम्मेवारी सरेको तर्फको लगत एक हजार ३०५, नयाँ दर्ता तर्फको लगत तीन हजार ३३४ गरी जम्मा लगत चार हजार ६३९ रहेको थियो । जम्मा लगतमध्ये एक हजार ५३४ वटा मुद्दा फर्छ्यौट हुन नसकेको जनाइएको छ ।


भर्खर

कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा लागूऔषधका एम्पुलसहित ६ जना पक्राउ

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र लागूऔषधका एम्पुलसहित ६ जनालाई पक्राउ गरेको

बर्डफ्लु नियन्त्रणमा आएसँगै पोल्ट्री बजारमा सुधार, अण्डा, मासु र चल्लाको मूल्य बढ्न थाल्यो

पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको बजारमा सुधार देखिन थालेको छ। अण्डा, कुखुराको

देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको