कञ्चनपुरमा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

Thursday July 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा श्रीमतीको कुटपिटपछि मृत्यु भएको छ भने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युपछि श्रीमान रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।