अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कडायत

Tuesday July 14, 2026

पढ्न लाग्ने समय :


धनगढी : अत्तरिया उद्योग वाणिज्य संघको चौथो चुनावी सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । चुनावी सभा अन्तरगत आइतबारका लागि तोकिएको मतदानबाट नयाँ कार्यसमिति चयन गरिएको हो । चुनावको अन्तिम मत परिणाम सोमबार साँझ सार्वजनिक गर्दै अध्यक्षमा कमल कडायत निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
४ प्यानल सहभागी चुनावमा कडायत प्यानलबाट मात्रै ९ जना निर्वाचित भएका छन् । जसमा उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष, महासचिव, सचिव सहित ३ जना सदस्य रहेका छन् । रमेश भट्टराइको प्यानलबाट कोषाध्यक्ष र एक सदस्य मात्रै निर्वाचित भएका छन् । अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष सहित ३ र वरिष्ठ उपाध्यक्ष सहित १ प्यानल चुनावी मैदानमा थिए । जसमा अध्यक्षका लागि कमल कडायत, रमेश भट्टराई, नैन सिंह कार्कीले प्यानल सहित उम्मेदवारी गर्दा गराएका थिए भने भिस्मा खड्काले वरिष्ठ उपाध्यक्ष सहित प्यानल दर्ता गराएकी थिइन ।

अध्यक्षमा कमल कडायत प्रतिस्पर्धी रमेश भट्टराइलाई २९ मतले पराजित गर्दै विजयी भएका छन । कडायतले ४०६ मत ल्याएर विजयी हुँदा भट्टराइले ३७७ पाए । यस्तै अध्यक्षका उम्मेदवार नैन सिह कार्कीले भने ९० मत मात्रै पाएको निर्वाचन समितिका संयोजक देवराज भट्टले बताए । उद्योग उपाध्यक्षमा कडायत प्यानलकै धना देवी चोखाल विजयी भएकी छिन । उनी २७६ मत सहित विजयी हुँदा उनकी निकट प्रतिस्पर्धी भिष्मा खड्काले २५१ मत ल्याएकी छिन । उद्योग उपाध्यक्षका उम्मेदवार लोकराज ओझाले २४१ र सुर्यकुमार गौतमले ९८ मत पाएका छन ।

बाणिज्य उपाध्यक्षमा पनि कडायत प्यानलकै गणेश बोगटी विजयी भएका छन । उनी ३८२ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बिरेन्द्र बहादुर विष्टले २५३ मत ल्याए । यस्तै वाणिज्य उपाध्यक्षका उम्मेदवार लक्ष्मण बहादुर धामीले १३३ र पूर्णप्रसाद चौलागाईले ९१ मत पाएका छन ।
बस्तुगत उपाध्यक्षमा पनि कडायत प्यानलकै बासुदेव पन्त विजयी भएका छन । उनी ३०३ मत सहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी समिर गिरीले २९३ मत ल्याएका छन । बस्तुगत उपाध्यक्ष पदका उम्मेदवार खेमराज सापकोटाले १३९ र लहानु चौधरीले ११० मत पाएका छन ।

महासचिवमा कडायत प्यानलकै गम्भीर साउँद ३६२ मत सहित विजयी भएका छन । उनले निकटतम प्रतिस्पर्धी गोकुल भट्टले ३१८ मत ल्याएका छन । यस्तै महासचिवका उम्मेदवार अनिल सिंहले ९२ र प्रकाश कुँवरले ८० मत ल्याएका छन ।

कोषाध्यक्षमा भट्टराई प्यानलका दिपेन्द्रराज अवस्थी विजयी भएका छन । उनले ३६३ मत सहित विजयी हुँदा कडायत प्यानलका बालकृष्ण ओझाले ३३३ मत ल्याएका छन । कोषाध्यक्षका उम्मेदवार दिपक प्रसाद न्यौपानेले ९२ र रामदत्त भट्टले ७९ मत पाएका छन ।

सचिवमा कडायत प्यानलकै धिरेन्द्र बोहरा विजयी भएका छन । उनी २६९ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राजन सिजापतीले २६४ मत पाएका छन । यस्तै दिपक राज भट्टले २३८ मत पाउँदा मनोजराज दमाइले ६४ मत पाएका छन । सदस्यमा कडायत प्यानलका शेखर पनेरु ९३९४ मत०, धनश्याम जोशी ९३६८ मत० र डिल्ली राज ओझा ९३४४ मत० विजयी भएका छन ।

यस्तै सदस्य पदमा भट्टराई प्यानलका लक्ष्मीराज ओझा ९३१९ मत० विजयी भएका छन । १ हजार २४ सदस्य रहेको अत्तरिया उद्योग वाणिज्य संघको आइतबार भएको मतदानमा ९६४ जनाले मतदान गरेका थिए । विगत लामो समय देखि विवादमा रहेको अत्तरिया उद्योग वाणिज्य संघमा निर्वाचित भएर नयाँ कार्यसमिति आएपनि संघले गति लिने विश्वास गरिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।