धनगढीमा ५० जनालाई निःशुल्क आवासीय सीपमूलक तालिमको अवसर

Friday July 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने धनगढी भोकेसनल स्कुलमार्फत ५० जनालाई निःशुल्क आवासीय सीपमूलक तालिम प्रदान गरिने भएको छ। उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले सूचना जारी गर्दै सहायक प्लम्बर र बिल्डिङ इलेक्ट्रिसियन सम्बन्धी तालिमका लागि आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार सहायक प्लम्बर (३९० घण्टा) तालिममा २५ जना र बिल्डिङ इलेक्ट्रिसियन (३९० घण्टा) तालिममा २५ जना गरी कुल ५० जनालाई सहभागी गराइनेछ। तालिम अवधि ३ महिना रहनेछ भने त्यसपछि १ महिना कार्यस्थलमै व्यावहारिक तालिम गराइनेछ। यसरी तालिमको कुल अवधि ४ महिना हुनेछ।

तालिम २०८३ साल साउन १० गतेदेखि सञ्चालन हुनेछ। इच्छुक तथा योग्यता पुगेका युवायुवतीले २०८३ साउन ५ गतेभित्र आवेदन दिन सक्नेछन्।

तालिममा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। साथै आवेदकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र बेरोजगार भई तालिमपश्चात सोही क्षेत्रमा काम गर्न इच्छुक हुनुपर्ने उल्लेख गरिएको छ।

आवेदन तथा थप जानकारीका लागि धनगढी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्र, धनगढी भोकेसनल स्कुल ९वडा नं। १८, फूलबारी, कैलाली० मा सम्पर्क गर्न सकिने जनाइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।