कैलालीबाट जुवातास खेली रहेका २१ जना पक्राउ

Friday July 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीमा जुवातास खेली रहेका २१ जना पक्राउ परेका छन। जिल्लाका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित हरि प्रसाद पडालको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि प्रसाद पडालसहित ७ जनालाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट नगद २५ हजार ४५० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारस्थित गोपाल हमालको सपना नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा गोपाल हमालसहित १४ जनालाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट नगद ५० हजार १६० रुपैयाँ र ९ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ।

दुवै घटनामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।